निर्वाचनमा शक्तिको दुरूपयोग भयो : ओली

निर्वाचनमा शक्तिको दुरूपयोग भयो :  ओली
Picasa

काठमाडौं । नेकपा एमालले निर्वाचनमा शक्तिको दुरूपयोग भएको बताएको छ । साथै उसले निर्वाचनमा देखिएका गतिविधि अशोभनीय र निन्दनीय भएको समेत बताएको छ ।

आज भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्धनले शक्तिको दुरूपयोग गरेको आरोप लगाउनुभएको हो ।

बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले गटबन्धनले आतङ्क फिजाएको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सामान्य कुरा भएको प्रतिकृया दिनुभयो । साथै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको गन्तव्य र अस्तित्वका बारेमा प्रश्न उठाउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com