गोरखा २ मा प्रचण्ड अगाडि

गोरखा २ मा प्रचण्ड अगाडि

काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत गणनाअनुसार ८ हजार ६ सय १९ मतसहित उहाँ अग्र स्थानमा हुनुहुन्छ । प्रचण्ड निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीभन्दा ६ हजार ३ सय ४० मतले अगाडि हुनुहुन्छ । बुर्लाकोटीले २ हजार २ सय ७९ मत ल्याउनुभएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले १९ सय ४६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्तले ४ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com