प्रचण्ड भारी मतान्तरले विजयी

प्रचण्ड भारी मतान्तरले विजयी
Mellow Arc Media

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com