प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बिग्रीयो, भेन्टिलेटरमा उपचार हुँदै

हस्पिटलमा प्रचण्ड पत्नी
हस्पिटलमा प्रचण्ड पत्नी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समय अघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार हुँदै छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com