राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ ।

भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नुभएको हो ।

राष्ट्रपतिले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो । विश्वका महिला राजनीतिज्ञको सञ्जालले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो ।

राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गर्नुभएको थियो । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com