निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन राष्ट्रपति भण्डारीको अपिल

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन राष्ट्रपति भण्डारीको अपिल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गर्नुभएको छ ।

‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु,’ भण्डारीले जारी गरेको अपिलमा भन्नुभएको छ, ‘यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्त्व रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन्,’ उहाँले भन्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com