स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्ने राष्ट्रपतिको भनाइ

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्ने राष्ट्रपतिको भनाइ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।

आज सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको फाक्दिङमा निर्मित १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

सो अस्पतालबाट स्थानीय नागरिककासाथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने बताउदै उहाँले अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

साथै उहाँले स्वास्थ्य क्षेत्रमा पहुँच बिस्तार गर्न स्थानीय तहको सहयोग जरूरी हुने भएकोले यसतर्फ ध्यान पुराउन पनि स्थानिय तहलाई सचेत गराउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com