चितवनको चुनावीसभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

चितवनको चुनावीसभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुग्नुभएको छ ।

देउवा हेलिकप्टरबाट भरतपुर विमानस्थलमा पुग्नुभएको हो । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानुहुने छ ।

गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जाने हुनुभएको हो ।

त्यहाँबाट प्रधानमन्त्री देउवा गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व।तिलक सापकोटाको निवास पुग्नुहुने छ । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उनी गैँडाकोट जान लाग्नुभएको हो। त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उहाँले सम्बोधन गर्नुहुने छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरू काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com