सालिकवारे विवाद भएपछि महेन्द्रनगरमा सात दिनकालागि निषेधाज्ञा जारी

सालिकवारे विवाद भएपछि महेन्द्रनगरमा सात दिनकालागि निषेधाज्ञा जारी

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो ।

“सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भन्नुभयो, “सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com