समानुपातिकमा एमाले र कांग्रेसको एक लाख नाघ्यो

समानुपातिकमा एमाले र कांग्रेसको एक लाख नाघ्यो

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ ।

नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८, जनता समाजवादी पार्टीले ९ हजार ३४४ र जनमत पार्टीले ८ हजार ७०१ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ६ हजार ९०५, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३९७ र नेकपा एकीकृत समाजवादीले ५ हजार ६९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com