समानुपातिकतर्फ एमाले र कांग्रेसको २ लाख मत नाघ्यो

समानुपातिकतर्फ एमाले र कांग्रेसको २ लाख मत नाघ्यो

काठमाडौं । आम निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि ५० हजार मत कटाएको छ । राप्रपाले ५७ हजार ८८१ मत प्राप्त गर्दा कांग्रेस र एमालेले २ लाख मत कटाएका छन् ।

पहिलो स्थानमा रहेको एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ भने कांग्रेसले २ लाख १९ हजार ९०५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख २२ हजार २९४ मत, माओवादी केन्द्रले १ लाख ७०८ मत प्राप्त गरेको छ ।

यस्तै जसपाले १८ हजार, जनमत पार्टीले १७ हजार, नेमकिपाले १६ हजार, नेकपा एकीकृत समाजवादी पार्टीले १३ हजार र नागरिक उन्मुक्ति पार्टीले ११ हजार मत कटाएको निर्वाचन आयोगले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com