गुल्मीका कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान

गुल्मीका कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान

गुल्मी- मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीले तीन दिनसम्म कृषकहरुलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान गरेको हो ।

सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ । कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउनुपर्ने अवस्था रहेको थियो ।

यही समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ ।

अगुवा कृषकहरु छनोट गरेर गाउँका पनि कृषि मेशिनरी औजार उपकरणहरु गाउँमै मर्मत गर्न सक्ने गरि तालिम प्रदान गरिएको हो ।

किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको छ । कृषिको आधुनिकीकरणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com