पूर्वी नेपालमा वर्षा र हिमपात हुने

पूर्वी नेपालमा वर्षा र हिमपात हुने

काठमाडौं । पूर्वी नेपालमा आज वर्षा र हिमपातको सम्भावाना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचौंग नाम दिइएको सामुद्रिक आँधीकोसमेत आंशिक प्रभाव छ ।

दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (बिहीबार) कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने छ भने कोशीकै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैलाई आग्रह गरेको छ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com