स्याङ्जा १ मा कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा १ मा कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा । स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ ।

भर्खरै सकिएको मतगणनाअनुसार कांग्रेसका थापाले प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद नारायणप्रासद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो ।

कांग्रेसका थापाले ३१ हजार ९ सय ९९ मत ल्याउनुभयो भने मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com