क्रिसमस मनाउन राक्सिराङ्ग गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

क्रिसमस मनाउन राक्सिराङ्ग गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौँ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत उल्लेख गरेका छन् ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।

राक्सिराङले क्रिसमसको अघिल्लो दिन र भोलिपल्ट पनि बिदा दिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com