रमेश लेखक कञ्चनपुर ३ बाट अत्यधिक मतान्तरसहित निर्वाचित

रमेश लेखक कञ्चनपुर ३ बाट अत्यधिक मतान्तरसहित निर्वाचित

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् ।

लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com