चितवन २ मा रवि लामिछानेले मतान्तर बढाउँदै

चितवन २ मा रवि लामिछानेले मतान्तर बढाउँदै

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ६ हजार ४ सय १ मतसहित अग्रता लिइ रहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइ रहनुभएको छ । लामिछाने र पोखरेलबीच मतको अन्तर १७ सय ६५ रहेको छ ।

यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com