रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

 रवि लामिछाने ३४ हजार १६२ मतान्तरले  विजयी
Mellow Arc Media

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ।

उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com