मंसिर ४ गते जनमत संग्रह हुँदै छ : प्रचण्ड

 मंसिर ४ गते जनमत संग्रह हुँदै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताउनुभएको छ । साथै गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताउनुभयो ।

गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सामान्य मतले जितेर नपुग्ने बताउँदै उहाँले एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने कुरामा जोड दिनुभयो ।

गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताउनुभयो ।

उहाँले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताउनुभयो ।

विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो ।आगामी मंसिर ४ गते जनमत संग्रह हुँदै गरेको पनि प्रचण्डको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com