मोरङ क्षेत्र ३ (१) मा मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

मोरङ क्षेत्र ३ (१) मा मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । लिम्बू कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरंगका पूर्वसभापति हुनुहुन्छ ।

बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बिहीबार मध्यान्ह उहाँले आफनो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि मौका दिएको हो।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका थापाको डेंगु र निमोनियाका कारण मृत्यु भएको हो। सत्ता गठबन्धनका उम्मेदवार लिम्बूले एमालेका उम्मेदवार दीलिप राईसँग प्रतिस्पर्धा गर्नुहुने छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com