मोरङ क्षेत्र ३ को ‘क’ मा भोलि उम्मेदवारी दर्ता

  मोरङ क्षेत्र ३ को ‘क’ मा भोलि उम्मेदवारी दर्ता

काठमाडौं । उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।

नयाँ कार्यक्रमअनुसार भोलि बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय भएको छ ।

पर्सि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहनुभएका मोरङ ३ ९क० का उम्मेदवार शेखरचन्द्र थापाको आज बुधवार बिहान निधन भएको हो । ५६ वर्षका थापाको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

थापा उम्मेदवारी दर्ताको भोलिपल्ट अर्थात् असोज २४ गते अस्पताल भर्ना हुनुभएको थियो । केही दिनअघि डेङ्गीको सङ्क्रमण देखिएका थापालाई निमोनिया पनि भएको थियो ।

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय पथरी शनिश्चरे–८ का थापाले यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको रूपमा पनि काम गर्नुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com