नगरपालिकामा पुगेर आफैंलाई पेट्रोल छर्किएकी महिलाको उद्धार

नगरपालिकामा पुगेर आफैंलाई पेट्रोल छर्किएकी महिलाको उद्धार

काठमाडौं । झापामा वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् ।

जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन ।

उनले भने, ‘उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्धार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ । शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’

भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com