भारत लैजान लागिएका पाँच जना बालिकाको उद्दार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्दार

बारा । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो।

भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय यूवक पालबाट बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाईएको हो।

गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए। बालिकाहरुको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराहन्न विरगजंमा बालिकाहरु फेला परेका थिए।

प्रहरीको विषेश टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेका हन्।

बालिकाहरुलाई भारत लैजान खोज्ने भारतीय यूवक प्रक्राउ गरी उनीमाथी अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com