अबदेखि रातीको १२ बजेसम्म रेष्टुरेण्टहरू सञ्चालन हुने

अबदेखि रातीको १२ बजेसम्म रेष्टुरेण्टहरू सञ्चालन हुने
Published on
Updated on

काठमाडौं । अबदेखि रातीको १२ बजेसम्म रेष्टुरेण्टहरू सञ्चालन हुने भएका छन् ।

यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने काठमाडौंका रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो ।

आज बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको छ । ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ ।

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो ।

रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताइन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com