३५ फिट गहिरो इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार

३५ फिट गहिरो इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार

ललितपुर । ललितपुर महानगरपालिकाको जाउलाखेलमा इनारमा खसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ ।

ललितपुर उपमहानगर–५ जावालाखेलस्थित स्टील टावरको पछाडि घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले इनारमा तीन फिट मात्रै पानी भहेकाले बन्जी जम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा सापकोटालाई सकुशल इनारबाट बाहिर निकाल्न सफल भएको बताए ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com