काठमाडौं । यहि आइतवार मंसिर ४ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गर्नुभएको छ ।
गएराति स्थिर समय सुरु हुनुअघि एक भिडियोमार्फत् उहाँले व्रत बस्ने बताउनुभएको थियो । आजदेखि सुरु भएको उहाँको व्रत पर्सि ४ गतेसम्म रहनेछ । गुल्मी स्थायी घर भएका इञ्जिनियर ढकालले चुनावका लागि ४ महिनादेखि डडेल्धुरामा हुनुहुन्छ ।