सई साउद घुस रकमसहित अख्तियारको नियन्त्रणमा

सई साउद घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद घुस रकमसहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई साउद ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनी बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। लागुऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए।

उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो। उनलाई अख्तियारले ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com