
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार (आज) रातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा निषेध गरिएको उल्लेख छ ।
सूचनाको अवज्ञा हुने कार्य गरेरगराएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।