चौधरी ग्रुपद्वारा नानो युरियाको बिक्री सुरु

चौधरी ग्रुपद्वारा नानो युरियाको बिक्री सुरु

काठमाडौं । प्रख्यात व्यावसायिक घरना चौधरी ग्रुपले रासायनिक मल नानोको बिक्री वितरण सुरु गरेको छ । इन्डियन फार्मर फर्टिलाइजर कोअप्रेटिभ लिमिटेड, इन्डियाको उत्पादन नानो युरियालाई चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले भित्र्याएको हो ।

आइतबार ललितपुरमा एक समारोहको आयोजना गर्दै कम्पनीले नानो युरिया भित्र्याएको घोषणा गरेको हो । नानो युरिया झोल (लिक्युड) मल हो । नानो प्रविधि नानो स्तरमा परमाणु र अणुहरु हेरफेर गरेर संरचना, उपकरण र प्रणाली डिजाइन, उत्पादन गर्न समर्पित विज्ञान रहेको कम्पनीको भनाइ छ । नानो प्रविधिबाट निर्मित मलले परमपरागत रासायनिक मलको मात्र घटाउने कम्पनीको दाबी छ ।

रसायनिक युरियाको तुलनामा आधा माग घटाउने नानो युरिया ५० किलो (एक बोरा) बराबर ५०० मिलिमिटर हुने कम्पनीको भनाइ छ । नानो युरिया वातावरणमैत्री हुनुका साथसाथै परम्परागत युरिया भन्दा सस्तो समेत रहेको कम्पनीको दाबी छ ।

यस्तै मलले स्वास्थ वातावरण, माटोको गुणस्तरका कुनै नकारात्मक प्रभाव नपार्ने तर बालिकाको उत्पादनमा वृद्धि ल्याउने कम्पनीको दाबी छ । १ लिटर सफा पानीमा २ देखि ४ मिलिमिटर नानो युरिया झोल मल मिसाएर बालिको पातमा छर्कन सकिन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com