२० लाख धरौटीमा सन्दीप लामिछाने रिहा

२० लाख धरौटीमा सन्दीप लामिछाने रिहा

काठमाडौं। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन्। शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ। जिल्ला अदालतबाट तारिख बुझेर उनी रिहा हुनेछन्। उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो। उच्च अदालतले २० लाख धौरटी र १० शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको हो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com