भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बा४ख २३४७ नम्बरको टिपरले बा९२प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर गएराति पौने ११ बजेतिर मध्यपुर थिमी नगरपालिका–२ सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार त्यस क्रममा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते मैनालीको नागरिक अस्पताल गठ्ठाघरमा उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए । यसैबीच प्रहरीले टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ का ४२ वर्षीय सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com