एसईईको आवेदन फाराम खुल्यो

एसईईको आवेदन फाराम खुल्यो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे आज (शुक्रबार) सूचना निकालेको हो ।

कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com