विद्युत् चुहावट गर्ने सात जना पक्राउ

विद्युत् चुहावट गर्ने सात जना पक्राउ

सप्तरी- सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई आज बिहान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडि गाउँपालिका वडा नम्वर ६ का लक्ष्मि यादव, राजेश यादव, कृष्ण कुमार यादव र जोगिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ६ का बिक्रम मण्डल, बद्रि प्रसाद मण्डल र राम कुमा मण्डल रहेको छ । पक्राउ परेकाहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com