रौतहटमा गोली चल्यो, एक जना घाइते

रौतहटमा गोली चल्यो, एक जना घाइते

काठमाडौं । रौतहट जिल्लाको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा गोली लागी एक जना घाइते भएका छन् भने ४ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

त्यहाँको गरुडा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादवको दाहिने हातमा गोली लाग्दा उनी घाइते भएका हुन् । यादवलाई सामान्य उपचार पछि थप उपचारका लागि बाहिर लागिएको छ । घाइते युवकको अवस्था सामान्य रहेको छ तर गोली लागेर नै घाइते भएको सम्बन्धमा भने प्रहरीले अहिलेसम्म पुष्टि गरेको छैन ।

नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजे पछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपकाक्रममा प्रदर्शनकारीहरुले नगरपालिकामाथि ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालका सिसासमेत फुटेका छन् ।

झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ५ जना सुरक्षाकर्मीहरूसमेत घाइते भएका छन् । प्रदर्शनको नेतृत्वकर्ता दिपक यादवसहित थप ४ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका प्रवक्ताले जानकारी दिएका छन् ।

गरुडामा सूचनाको माग गर्दै विगत केही दिन देखि नगरपालिकाविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com