सिन्धुली २ : माओवादीका लेखनाथ दाहाल निर्वाचित

सिन्धुली २ : माओवादीका लेखनाथ दाहाल निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोल्नुभएको छ । 

यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसद्तर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुनुहुन्छ। 

सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित हुनुभएको हो । थापाले २१ हजार ६८७ मत ल्याउनुभएको छ।  

दाहालले एमालेका थापालाई ६ हजार १ सय ६२ को मतान्तरले हराउनुभएको हो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com