सिरहा ४ : जसपाका महतो विजयी

सिरहा ४ : जसपाका महतो विजयी
Picasa

काठमाण्डौ । सिरहा–४ बाट प्रतिनिधि सभा सदस्यमा जसपाबाट डा. वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ ।

उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८ सय ८ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

महतोले २४ हजार १ सय २ मत प्राप्त गर्दा प्रतिस्पर्धी जनमत पार्टीका साहले १६ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो । महतोलाई एमालेको समर्थन थियो । सत्ता गढबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीका धर्मनाथ साहले १४ हजार ६५३ मत गर्नुभयो ।

सिरहा–४ मा विजयी महतो २०७० सालको दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com