कार्यकारी अधिकृत र इन्जिनियरसहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

कार्यकारी अधिकृत र इन्जिनियरसहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदिप चौधरी, सब-इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका तीन जनालाई दोषी ठहर गरेको विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए । कार्कीका अनुसार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज (सोमबार) भ्रष्टाचार मुद्दामा दोषी ठहर ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

अदालतले दाहाल, सुदीप, रामकान्त लाई जनही चार लाख ९९ हजार, त्यतिनै जरिवाना र तीन महिना कैद ठहर गरेको छ। त्यसैगरी निर्माण कम्पनीका सञ्चालकहरू श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही चार लाख ९८ हजार रुपैयाँ, जरिवाना र रकम बिगो असुलसमेत गर्नुपर्ने विशेष अदालतको ठहर छ।

नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित छ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com