प्रतिनिधिसभातर्फ हालसम्म ७ जना महिला निर्वाचित

प्रतिनिधिसभातर्फ हालसम्म ७ जना महिला निर्वाचित

काठमाडौं । प्रतिनिधिसभातर्फ अहिलेसम्म ७ जना महिला निर्वाचित भएका छन् ।

यो सङ्ख्या अहिलेसम्म निर्वाचित १२७ सांसदको सङ्ख्याको करिब ६ प्रतिशत मात्रै हो ।

प्रतिनिधि सभातर्फ ६१ राजनितिक दल स्वतन्त्रबाट कुल २ सय २५ महिलाले उम्मेदवारी दिएकोमा हालसम्म ७ स्थानमा मात्रै महिला निर्वाचित भएका हुन् ।

निर्वाचित हुने महिला सांसदमा हालसम्म नेकपा एमालेको सबै भन्दा बढि ३ जना रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना महिला उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादी र नागरिक उन्मुक्ति पार्टीका तर्फवाट १/१ जना महिला उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका महिला उम्मेदवारले भने हालसम्म जित हासिल गर्न सकेका छैनन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com