बुवाको हत्या आरोपमा छोरा पक्राउ

बुवाको हत्या आरोपमा छोरा पक्राउ

विराटनगर । बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ ।

आज (सोमबार) बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ ।

उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए । भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com