ल्होछारमा धपक्क बलेको टुँडिखेल (फोटोफिचर)

ल्होछारमा धपक्क बलेको टुँडिखेल (फोटोफिचर)

Published on

तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज (आईतवार) विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौं लगायत देशभरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो । सो अवसरमा आज तामाङ समुदायका बालबालिका, किशोरकिशोरी र वृद्धवृद्धाहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाएका थिए । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ औं वर्ष शुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भइ बिरालो वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले ल्होछारको अवसरमा टुँडिखेलमा कैद गरेका यी तस्बिरहरु । 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ औं वर्ष शुरु भएको छ
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com