खेलकुद मन्त्री लिम्बुलाई पत्नी बियोग

खेलकुद मन्त्री लिम्बुलाई पत्नी बियोग

बिराटनगर । युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित निवासमा निदन भएको हो ।

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी केही महिना अघि आमाको समेत  निधन भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com