तामाङ समुदायले मनाए सोनाम ल्होछार

तामाङ समुदायले मनाए सोनाम ल्होछार

काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासपूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन् ।

ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com