निर्वाचनको अवसरमा टेलिकम ल्यायो अफर

 निर्वाचनको अवसरमा टेलिकम ल्यायो अफर

काठमाडौं । आसन्न निर्वाचनको अवसरमा नेपाल टेलिकमले विभिन्न छुटको अफर ल्याएको छ ।

टेलिकमको अफरमार्फत सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ ।

डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा दुई सय ९४ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँ र एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । यी अफरहरू आज आइतवारदेखि आउँदो मङ्सिर ११ गतेसम्मका लागि मान्य हुनेछ । यसका लागि *1415*11# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी याे सुविधा लिन सकिने टेलिकमको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com