चुनावी प्रचारमा राज्यकोषबाट भएको खर्चमाथि अख्तियारले गर्यो अनुसन्धान सुरु

चुनावी प्रचारमा राज्यकोषबाट भएको खर्चमाथि अख्तियारले गर्यो अनुसन्धान सुरु
Picasa

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरानमा राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो । आयोगबाटै पत्र आएपछि त्यसलाई सूचना मानेर थप कागजात मगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको उहाँले बताउनुभयो । अरु थप विवरण पनि मगाइएको उहाँले बताउनुभयो । सबै कागजात आएपछि अरु विस्तृत थाहा हुने उहाँले बताउनुभयो ।

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए ।

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरेको दावी गरेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com