मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भए : राजेन्द्र लिङदेन

 मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भए : राजेन्द्र लिङदेन
wikipedia.org

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लिङदेनले ठुला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भएकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताउनुभयो ।

जबसम्म नेतृत्व परिवर्तन हुँदैन तबसम्म देशले गति नलिने लिङ्देनको भनाइ छ । यस्तै उहाँले अब पूर्ण समानुपातिक संसद, संसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा रहने व्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।

सर्व धर्म समभाव र बैदिक सनातनसहितको हिन्दुराष्ट्र नेपाल हुनुपर्ने भन्दै उनले न्यायलयको समेत पुर्नसंरचना गर्न जरुरी रहेको बताउनुभयो । शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा निःशुल्क र समान हुनुपर्ने भन्दै उहाँले अवसर पाए नागरिक आयोग गठन गरेर अवैद्य सम्पति जफत गर्ने घोषणा गर्नुभयो ।

उहाँले बालेन्द्र शाह (बालेन) ले काठमाडौको संरचनामा डोजर चलाएजस्तै राप्रपाले पनि भ्रषटाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com