विप्लव नेतृत्वको नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

विप्लव समुहले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २ गते देशभर कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने बताएको छ ।

district1

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com