बागमती नदीमा करिब २५ वर्षका पुरुषको शव भेटियो

 बागमती नदीमा करिब २५ वर्षका पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा आज मंगलबार एक जना युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com