मेजर पण्डितको शव काठमाडौँ ल्याइयो

मेजर पण्डितको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । डोल्पास्थित नेपाली सेनाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौँ ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार पण्डितका परिवारले बेलुका करिब साढे ८ बजे मात्रै शव पहिचान गरेका थिए । अनुहार प्रष्टसँग चिनिने नभए पनि पण्डितले लगाएको घडी, औँठी, दाँत र ज्युडालका आधारमा परिवारले शवको पहिचान गरेको र बाँकी पोष्टमाटम पछि मात्रै थाहा हुने प्रजिअ पोख्रेलले बताए ।

गत १० भदौदेखि बेपत्ता ३८ वर्षीय मेजर पण्डितको शव १६ औँ दिनमा हिजो (मङ्गलवार) त्रिपुरासुन्दरी नगरपालिका-५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो। मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com