आगामी मंसिर १ देखि तीन दिन सीमा नाका बन्द गरिने

आगामी मंसिर १ देखि तीन दिन सीमा नाका बन्द गरिने

काठमाडौ । आगामी मंसिर १ गतेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । नेपाल–भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

रुपन्देहीमा सम्पन्न बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेडसहित सुरक्षा प्रमुखहरू सम्मीलित बैठकले यो निर्णय गरेको हो ।

सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी बढाईने भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com