विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई महानगरले कारबाही गर्ने

विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बाध्य पार्न नमिल्ने बताए । ‘नियमित पोशाकमा एकरूपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन,’ उनले भने ।

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महानगरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत सूचित गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com